मंगलबार, भाद्र २ गते २०८३
images

काँग्रेसको असन्तुष्टिपछि संवैधानिक आयोगमा पदाधिकारीको सुनुवाई प्रक्रिया अन्यौलमा

  • 2.2K
    SHARES
  • माघ १५, २०७५ मंगलबार

    काठमाडौं । विभिन्न संवैधानिक आयोगमा पदाधिकारीको सुनुवाई प्रक्रियापछि सरेको छ । संवैधानिक परिषद्ले विभिन्न आयोगमा गरेको सिफारिसको प्रक्रियामा प्रश्न उठाउँदै नेपाली काँग्रेसले असन्तुष्टि जनाएपछि प्रस्तावित अध्यक्षहरूको सुनुवाइ प्रक्रिया पर धकेलिएको हो ।

    प्रमुख प्रतिपक्ष दललाई ‘बाइपास’ गरेर सिफारिस गरेको भन्दै संसदीय सुनुवाइ समितिमा काँग्रेस सांसदहरूले असन्तुष्टि जनाएका थिए । काँग्रेस सांसद्हरूको असन्तुष्टिपछि सभापति लक्ष्मणलाल कर्णले समिति बैठक स्थगित गरेका हुन् ।

    अर्को बैठकको मिति तोकिएको छैन । आज समितिले अनौपचारीक छलफल गर्ने र अर्को सनुवाईको मिति तोक्ने सभािित कर्णले जानकारी दिए ।  

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार