मंगलबार, भाद्र २ गते २०८३
images

भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन

  • 3.2K
    SHARES
  • श्रावण २२, २०७६ बुधबार

    भारतकी पूर्व विदेशमन्त्री सुश्मा स्वराजको निधन भएको छ  । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको थियो ।२५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीन पटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सात पटक सांसद भएकी थिइन् ।

    स्वराजले केही वर्ष पहिले किड्नी टन्सप्लान्ट गरेकी थिइन् । उनको निधन भएलगत्तै एम्स अस्पतालमा भारतीय नेता र कार्यकर्ताहरुको भीड बढेको छ । अस्पतालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षा मन्त्री राजनाथ सिंह, स्वास्थ्यमन्त्री हर्षबर्धन लगायतका नेताहरु पुगेका छन् । १९९६ मा उनी दक्षिणी दिल्लीबाट उनी सांसद बनेकी थिइन् । त्यसबेला उनी तत्कालीन अटलबिहारी बाजपेयीको सरकारमा १३ दिन सञ्चारमन्त्री समेत बनेकी थिइन् । सन् २००९ र २०१४ मा लगातार भाजपाको तर्फबाट लोकसभा चुनाव जितेकी थिइन् । उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासन मानिन्छ ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले श्रद्धान्जली दिएका छन् । भारत मोदीले एक असाधारण नेताको निधनको शाकमा रहेको बताएका छन् । उनी सन् २०१४ देखि सन् २०१९ सम्म विदेशमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् । स्वास्थ्यमा आएका खराबीका कारण उनले २०१९ को लोकसभा निर्वाचनमा भाग लिएकी थिइनन् । 

    सानै उमेरदेखि राजनीतिमा चासो राख्ने स्वराजले पहिलो चुनाव सन् १९७७ मा २५ वर्षको उमेरमा लडेकी थिइन् । हरियाणबाट चुनाव लडेकी उनी त्यसबेला सबैभन्दा युवा विधायक बनेकी थिइन् । त्यसलगत्तै उनी मन्त्री समेत बनेकी थिइन् । त्यसपछि सन् १९९८ मा दिल्लीको पहिलो महिला मुख्यमन्त्री समेत बनेकी थिइन् ।

    भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार