बारपाक सुलिकोट गाउँपालिका वडा न ७ को पाँचखुवा देउरालिमा आज नेकपाका प्रबक्ता एबं पुर्ब उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले एम्बुलेन्स हस्तान्तरण गर्नु भएको छ । वडा न ७ का अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा नेकपाका प्रबक्ता श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो।
कार्यक्रमा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट , नेकपाका गण्डकी प्रदेस सदस्य प्रेम गुरुङ ,बारपाक सुलिकोट गाउँपालिका उपाध्यक्ष सन माया गुरुङ , वडा न ८ का अध्यक्ष कृष्ण ब गुरुङ, नेकपा बारपाक सुलिकोट समन्त्र सदस्य नर ब गुरुङ , कार्यपालिका सदस्य रामजि गुरुङ , Earp जिल्ला प्रमुख बाबुराम के.;सि., सुर्लभ अमगाई , नेकपा सल्लाहकार दल ब गुरुङ , श्री शैलपुत्रि मा , बि का प्र यदुनथ ढकाल लगायतले मन्तब्य राखेका थिए।स्थानिय युवा हरुको सकृयतामा सामाजिक सामाजिक संजाल मार्फत रकम उठाइ गाउँमा एम्बुलेन्स खरिद गरिएको थियो।

उत्त एम्बुलेन्स १० लाखमा खरिद गरिएको हो । गाउमा एम्बुलेन्स आएपछि स्थानियहरु खुशी भएका छ्न भने पहिले समयमा अस्पताल बिरामी पुर्याउन नसक्दा अकालमा ज्यान जाने दिन अब गएको उनीहरुको भनाई रहेको थियो । उत्त कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका वडा न ७ का भुकम्पपछिको निजि आवास पुनर्निर्माण पछीको घर सम्पन्नताको प्रमाणपत्र समेत बितरण गरिएको छ ।
नेकपाका प्रबक्ता श्रेष्ठले कुनै पनि बिकास निर्माणमा राजनीति गर्न नहुने कुरालाई जोड दिंदै अबको ५ बर्षको अबधिमा वृद्धा भत्ता ५ हजार पुग्ने र आफूहरुले घोषणापत्रमा भने बमोजिम स्वास्थ्य , शिक्षा , खानेपानी , विद्युत, सडक र रोजगारीको ब्यबस्था गर्न प्रमुख चुनाैती रहेको भएपनि सरकार पूर्ण रुपमा लागिपरेको धारणा व्यक्त गरेका छन्।
