काठमाडौं। पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकिकरण हुने भएको छ । माघ १८ गते राजधानीमा एकता घोषणा गरिने राप्रपा प्रजातान्त्रिक स्रोतले जानकारी दिएको छ ।
एकता अन्तिम चरणमा पुगेको राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचरण लोहनीले जानकारी दिएका छन । उनले भने, ‘हाम्रो एकता प्रक्रिया लगभग टुँङ्गएिको छ ।’
कमल थापा नेतृत्वको राप्रपासँगको एकता अन्तिम समयमा भाँडिएपछि दुई पार्टी एक हुन लागेको हो ।
२०७४ को निर्वाचनमा राप्रपा प्रजातान्त्रिले ८८ हजार ३७७ र राप्रप्रा राष्ट्रवादीले २८ हजार ८२८ मत प्राप्त गरेको थियो ।