काठमाडौं । सोमबार सपथ लिएका सांसद राजीव गुरुङ (दीपक मनाङे) मंगलबार गण्डकी प्रदेशसभामा आउँदा भारतिय नम्बर प्लेट भएको गाडी चढेर आएका छन ।
मनाङे संसद पुग्दा बदबलसहित पुगेका थिए र उनले भारतीय नम्बर प्लेटको गाडी चढेर आएका थिए ।
सरकारी नम्बर प्लेटको र मन्त्रीको गाडीमात्र संसद कम्पाउन्डभित्रको पार्किङस्थलमा पुग्न पाउने नियम छ तर भारतीय नम्बर प्लेटको गाडी संसदमा किन आउन दिइयो ? सांसदहरु नै आश्चर्यमा परेका छन। सुरक्षार्थ खटिएका प्रहरीले भने, ‘माननीय नै चढेर आएको गाडी कसरी रोक्ने ?’
बीआर ०६ पिडी ९८२९ नम्बरको गाडीमा मनाङे संसद पुग्दा एक सांसदले भने, ‘संसदको कुनै मर्यादा हुन्छ कि हुँदैन ? हुन्छ भने उनले अनुमति लिएका छन् कि छैनन् हेनुपर्छ ।’ तर, मनाङे आफूले दैनिक शुल्क तिरेर भारतीय गाडी चढेकोमात्रै बताएनन्, सरकारी गाडी चढेको भएमात्र प्रश्न उठाउन आग्रह गरेका छन ।
मनाङेले यस विषयमा पत्रकारलाई उल्टै भने ‘यस्ता फाल्तु कुरामा समय नफाल्नुस् ।’ उनले अगाडि थपे ‘यो भाइहरुको गाडी हो । भाइ पनि होइन भाइको दिदीको, देशले भारतको सहयोग लिन मिल्ने मैले गाडी चढ्न पनि नपाउने ?
प्रदेशसभा सुरक्षाका लागि खटिएका सई चन्द्रबहादुर खत्रीले आफूलाई त्यसबारे जानकारी नभएको बताएका छन । ‘जिल्लामा खबर गरेको छु । माथिबाट आजलाई बाहिर पार्किङ गर्न पठाउने र भोलिदेखि भित्र ल्याउन नदिने भन्ने आएको छु,’ उनले भने ।
भारतीय नम्बर प्लेटका गाडी नेपालमा चलाउँदा दैनिक ४ सय ५० रुपैयाँ राजस्व सरकारलाई बुझाउनु पर्ने नियम छ ।