मंगलबार, भाद्र २ गते २०८३
images

स्वयम्भूस्थित यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

  • 3.6K
    SHARES
  • भाद्र २, २०७६ सोमबार

    मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

    मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थापन कार्यालय ठूलो भर्‍याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन। योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ ।

    एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ । अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको छ ।

    ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार