सोमबार, भाद्र १ गते २०८३
images

चितवनको खैरहनीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा 

  • 6.5K
    SHARES
  • माघ १६, २०७५ बुधबार

    मेगा बैँक नेपाल लिमिटेडले चितवनको खैरहनीमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ को कुम्रोजमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष टिकाराम तिमिल्सिना र मेगा बैंक टाँडीका शाखा प्रबन्धक भीम पोखरेलले संयुक्त रुपमा सेवाको शुभारम्भ गर्नुभयो ।

    वडाध्यक्ष तिमिल्सिनाले खैरहनीका बासिन्दाहरुले मेगा बैकसँग वित्तीय कारोबार गरी आफ्नो आर्थिक अवस्था सुधार गर्ने अपेक्षा लिँदै शाखारहित सेवा सुरु गरेकोमा मेगा बैंकलाई आभार व्यक्त गर्नुभयो । मेगा बैंकका शाखा प्रबन्धक पोखरेलले जनताको विश्वास जित्दै अघि बढ्ने मुख्य नारा लिएर मेगा बैंक अघि बढिरहेको बताउँदै ग्रामिण भेगका बासिन्दाहरुलाई वित्तीय सेवा प्रदान गर्दै वित्तीय समावेशिता प्रदान गर्न लागिपरेको बताउनुभयो ।

    शाखारहित सेवा सुरु भएपछि कुमरोज, खैरहनीका बासिन्दालाई वित्तीय कारोबार निकै सहज हुने बताउँदै अब घरदैलोबाटै मेगा बैंकमा बचत, ऋण तथा रेमिट्यान्स कारोबार गर्न आग्रह गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार