शनिबार, श्रावण ३० गते २०८३
images

मनकामना केवुलकारको भाडा बढ्यो

  • 5.6K
    SHARES
  • भाद्र ३, २०७६ मंगलबार

    गोरखा । गोरखाको मनकामना मन्दिर जाने केवुलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो ।

    यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेकोमा बढाएर ६ सय ७५ रुपैयाँ पुर्‍याइएको छ ।
    एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ पुर्‍याइएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताएका छन ।

    स्थानीय तहलाई तिर्नुपर्ने कर बढेकाले भाडा बढाइएको उनको भनाइ छ । केवलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा छ । कम्पनीले दुबै स्थानीय तहलाई प्रति टिकट एक प्रतिशत कर तिर्नुपर्ने भएकाले मूल्य बढाएको बताएको छ ।

    ‘दुई स्थानीय तहलाई बिक्री भएको टिकट मूल्यको १र१ प्रतिशत कर बुझाउनुपर्ने भयो फेरि कर्मचारीको तलब पनि २० प्रतिशतले वृद्धि गरेका छौं, त्यसैले भाडा बढाएका हौ,’ उनले भने ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार