मंगलबार, भाद्र २ गते २०८३
images

केसीको अनशन २१ औँ दिनमा : जीवनरक्षाका लागि सरकारले चासो नदिएको आरोप

  • 2.9K
    SHARES
  • माघ १६, २०७५ बुधबार

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सत्याग्राहीलाई ठट्टा नसम्झान सरकारलाई चेतावनी दिएका छन् । सिकिस्त अवस्थामा त्रिवि शिक्षण अस्पतालको शैय्यामा छट्पटाइरहेका अनशनरत डा गोविन्द केसीलाई भेट्न मंगलबार दिउँसो पुगेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सरकारको रबैयाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

    श्रेष्ठले डा केसीको विषयलाई लिएर सरकार गम्भीर बन्नुपर्ने बताए । उनले अस्पताल परिसरमा रिले अनशनसहित आन्दोलनरत चिकित्सकका मागप्रति समेत ऐक्यबद्धता जनाए । उनले संसदीय हैन, संवैधानिक सर्वोच्चताको ख्याल गर्न सरकारलाई आग्रह गरे । डा केसीको जीवनरक्षाका लागि समेत सरकारले चासो नदिएको भन्दै श्रेष्ठले आक्रोश व्यक्त गरे । डा केसी अनशन बसेको मंगलबार २१ दिन पुगको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार