मंगलबार, भाद्र २ गते २०८३
images

हिन्दु देवी देवताको नाम हटाउँदै सशस्त्र प्रहरी

  • 3.4K
    SHARES
  • माघ १७, २०७५ बिहीबार

    सशस्त्र प्रहरी बलले हिन्दु देवीदेवताका नाममा रहेका बाहिनी र गण गुल्मको नाम परिवर्तन गर्न थालेको छ । सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचनासम्बन्धी विस्तृत कार्ययोजना लागू भएपछि विभिन्न देवीदेवताका नाममा रहेका कार्यालयको नाम हटाई अंककै आधारमा राखिनेछ ।

    हाल सशस्त्र प्रहरीमा ६९ वटा गण÷गुल्म छन्, जसमध्ये २८ वटा देवताका नाममा छन् भने बाँकीको नामाकरण स्थान र संख्याका आधारमा गरिएको छ ।गृह मन्त्रालयले संघीय संरचनाअनुसार सशस्त्र प्रहरीको सांगठनिक संरचना परिवर्तन गर्दा अंकका आधारमा नाम परिवर्तन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।  आजको नागरिक दैनिकमा समाचार छ। 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार