मंगलबार, भाद्र २ गते २०८३
images

चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट आज नै पारित गर्ने तयारी

  • 2.3K
    SHARES
  • माघ १७, २०७५ बिहीबार

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट बिहिबार नै पारित गर्ने तयारी गरेको छ । दिउँसो २ बजे बस्ने राष्ट्रिय सभाको सम्भावित कार्यसुचीको पहिलो नम्बरमा नै सो विधेयक पारित गर्ने कार्यसूची छ ।

    मध्यान्ह १२ बजेसम्म विधेयकमाथि संसोधन दर्ता गर्ने समयावधी दिइएको छ । डा. गोविन्द केसीसँग भएका सहमति विधेयकमा नसमेटिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसदका दुवै सदनमा विरोध गर्दै आएको छ । उसले आज पनि सदन अवरुद्ध पार्ने बताएको छ ।

    प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद नै गत शुक्रबार प्रतिनिधि सभाबाट सो विधेयक पारित भएर राष्ट्रियसभामा आएको हो । सदनलाई सुचारु गर्ने विषयमा राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार