मंगलबार, भाद्र २ गते २०८३
images

राणा र लोहनी नेतृत्वको राप्रपा पार्टीबीच एकता हुँदै, घोषणा शुक्रबार गर्ने

  • 2.4K
    SHARES
  • माघ १७, २०७५ बिहीबार

    काठमाडौं । पशुपतिशमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा राष्ट्रवादीले पार्टी एकताको समझदारीपत्रमा आज हस्ताक्षर गर्ने भएका छन् ।

    बिहीबार दुवै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले एकताको प्रस्ताव अनुमोदन गर्ने र बिहीबार नै दुवै पार्टीका अध्यक्षहरुले एकताको समझदारीपत्रमा हस्ताक्षर गर्ने राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङ्गले जानकारी दिए ।

    पार्टी एकताको घोषणा भने शुक्रबार गर्ने तयारी छ । नयाँ पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रलाई मुख्य राजनीतिक मुद्दा बनाएर अघि बढ्ने पनि प्रवक्ता गुरुङ्गले जानकारी दिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार