सोमबार, भाद्र १ गते २०८३
images

सुकुटे दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो,मृतक र घाइतेको नामसहित

  • 3.2K
    SHARES
  • कार्तिक १८, २०७६ सोमबार

    सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खसेको छ । दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १५ को घटनास्थलमै मृत्यु भएको थियो  भने २ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ  ।  बस सडकबाट करिब सय मिटर तल खसेको छ ।

    सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगको छ । १७ जनामध्ये १४ जनाको सनाखत भएको छ ।मृतकमध्ये राति अबेरसम्म १४ शबको मात्र खनाखत भएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरुमा दोलखा शैलुङ्गेश्वरी गाउँपालिका–५ की चेतकुमारी बस्नेत (५२), शैलुङ–४ की सलिना तामाङ (६) दिल लामा (१४), सोही गाउँपालिका–३ का तीन महिने बालक रोशन श्रेष्ठ, निर्मला खड्का (३२) शैलुङ–५ की रत्नकुमारी राउत (५२), उनका छोरा किरण राउत (२९), कबिता राउत (२०), निखिल खड्का (१४), भीमेश्वर नगरपालिका–९ की रञ्जिता केसी बस्नेत (२४), दोलखाकै उरमाया मोक्तान (७०) तथा काभ्रे, रोसी गाउँपालिका– सचिना तामाङ (५), जिल्लाको त्रिपुरासुन्दरी–४ की चमेली श्रेष्ठ (३०) र उनकी ६ वर्षीया छोरी सायारानी श्रेष्ठ छन्। १०–१५ वर्ष बीचका तीन बाललको शबको पहिचान हुन सकेको छैन। चेतकुमारीको काभ्रेको धुलिखेल र सलिनाको बनेपाको शीर मेमोरियल र सायारानीको सदाबहार अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार