मंगलबार, भाद्र २ गते २०८३
images

दुई राप्रपाबीच आज एकता घोषणा हुँदै

  • 2.3K
    SHARES
  • माघ १८, २०७५ शुक्रबार

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादीं) बीच आज शुक्रबार पार्टी एकताको घोषणा हुँदैछ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच बिहीबार एकीकरणको आधारपत्रमा हस्ताक्षर भएसँगै एकताको टुंगो लागेको हो ।

    राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङका अनुसार राजधानीको राष्ट्रिय सभागृहमा आज एकताको घोषणा हुने छ । पार्टी एकता घोषणाका लागि शुक्रबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम तय गरिएको छ।

    राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको मूल मुद्दामा सहमत भएपछि दुई दल एक हुन लागेका हुन् । एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र चुनाव चिह्न ‘हलो’ राख्ने सहमति छ ।

    एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने, महाधिवेशन नहुञ्जेलसम्मका लागि समान हैसियतमा दुई अध्यक्ष रहने आधारपत्रमा उल्लेख छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार