मंगलबार, भाद्र २ गते २०८३
images

डा. केसीको समर्थनमा र्‍याली निकालेका १७ डाक्टर पक्राउ

  • 2.5K
    SHARES
  • माघ १८, २०७५ शुक्रबार

    काठमाडौं  । डा. गोविन्द केसीको समर्थनमा र्‍याली निकालेका १७ डाक्टर पक्राउ परेका छन । 
    चिकित्सा शिक्षा विधेयकमा आफ्ना माग नसमेटिएको तथा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा डाक्टरले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षप गरेको हो ।

    त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टरले शुक्रबार डा. केसीको समर्थनमा निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षप गरी १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले १७ डाक्टरलाई भ्यानमा हालेर लगेको छ ।

    डा. केसी अनशनमा बसेको शुक्रबार २४ औँ दिन हो । १६ औँ पटक अनशनमा रहेका डा. केसीले आफ्ना माग पूरा नभएको बताए पनि संसदको दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भइसकेको छ । कांग्रेसले पनि डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार