मंगलबार, भाद्र २ गते २०८३
images

नेविसंघले बेलुनमा कालो झण्डा झुण्ड्याएर सिंहदरबारमा उडायो

  • 2.3K
    SHARES
  • माघ १८, २०७५ शुक्रबार

    काठमाडौं । सरकारको बिरोधमा उत्रिएको नेपाल विद्यार्थी संघले बेलुनमा कालो झण्डा झुण्ड्याएर सिंहदरबारमा उडाएको छ ।

    सिंहदरबारको मूल गेटबाट उडाइएको बेलुनमा झुण्ड्याइएको कालो ब्यानरमा ‘निर्मलालाई न्याय दे’, ‘डा. केसीको जीवन रक्षा गर’ र ‘भ्रष्टाचार नियन्त्रण गर’ भन्ने नारा लेखिएको छ ।

    माग पूरा गर्न दवाद दिनलाई आफूहरुले बेलुनबाट नारा लेखिएको कालो ब्यानर सिंहदरबारमा उडाएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले बताएका छन ।

    यसअघि नेविसंघले एयर्पोटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउनुका साथै प्रदर्शन, मन्त्री र सरकारी गाडीमा सरकार विरोधी नारा लेख्ने गरेको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार