मंगलबार, भाद्र २ गते २०८३
images

अनसन तोड्न डा. केसीलाई पूर्वराष्ट्रपति यादवको आग्रह

  • 2.4K
    SHARES
  • माघ १८, २०७५ शुक्रबार

    काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् । साथै उनले स्वास्थ्य कमजोर भएको भन्दै अनसन तोड्न केसीलाई आग्रह गरेका छन् ।

    २४ दिनदेखि अनसनरत डा. केसीलाई भेट्न यादव शुक्रबार अपराह्न शिक्षण अस्पताल पुगेका थिए । भेटपछि सक्षिप्त कुराकानी गर्दै यादवले डा. केसीले उठाएको माग जनताको भइसकेको बताएका छन ।

    ‘उहाँको दृष्टिकोण र सरकारको दृष्टिकोण फरक हुनसक्छ । तर, उहाँको जीवन अमूल्य छ’ यादवले भने, ‘म सरकारलाई आग्रह गर्छु, सभ्य समाजमा सरकारको सबैभन्दा पहिले कर्तव्य हून्छ नागरिकको जीउधनको रक्षा गर्ने । उहाँको धन छैन, जीवन रक्षाका लागि जति सक्दो छिटो वार्ता गरेर निकास निकाल्नुप¥यो ।’

    डा. केसीको जीवन अमूल्य भएको भन्दै उनले जसरी पनि बचाउनुपर्ने बताएका छन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार