मंगलबार, भाद्र २ गते २०८३
images

भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अध्यक्ष प्रचण्डको सचिवालयको ध्यानाकर्षण

  • 2.4K
    SHARES
  • माघ १८, २०७५ शुक्रबार

     काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ । 

    अध्यक्ष दाहालको सचिवालयले आज विज्ञप्तिमार्फत पार्टी अध्यक्ष र नेपाल सरकारद्वारा जारी वक्तव्य नै आधिकारिक भएको स्पष्ट पारेको छ । 

    केही सञ्चारमाध्यमले विषयलाई अतिरञ्जित ढङ्गले तोडमरोड गरी भ्रम सृजना गर्न खोजेको प्रति सचिवालयले आपत्ति प्रकट गर्दै सचिवालयले भ्रामक र कपोलकल्पित समाचारको पछि नलाग्न सबैमा आग्रह गरेको छ । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार