सोमबार, भाद्र १ गते २०८३
images

अर्घाखाँची बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १९ पुग्यो ( नामसहित )

  • 2.8K
    SHARES
  • मंसिर १२, २०७६ बिहीबार

     अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानी रातामाटामा भएको बस दुर्घटनामा अहिलेसम्म मर्नेको १९ पुगेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

    मृतकमध्ये आठ जनाको सनाखत भएको छ । सनाखत हुनेमा बस चालक कपिलवस्तुका ओमबहादुर थापा र सशस्त्र प्रहरी बल ५ नम्बर बाहिनी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत रहेका छन् ।सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।

    त्यस्तै  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ का शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी, मुनिका खड्का, भूमिकास्थान नगरपालिका ९ का शैलेश थापा, सतगंगा नगरपालिका २ का शान्तबहादुर बस्नेत रहेका छन् । मृत्यु हुनेमा  सात महिला र १२ पुरुष रहेका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार