मंगलबार, भाद्र २ गते २०८३
images

समायोेजनमा जाने उपसचिवलाई आजबाट समायोजन पत्र

  • 3.5K
    SHARES
  • माघ २०, २०७५ आइतबार

    काठमाडौं । सरकारले समायोेजनमा जाने उपसचिवलाई आजबाट समायोजन पत्र दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आजदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जाने समायोजनपत्र बुझ्न थाल्ने जानकारी दिए ।

    उपसचिवले आफ्नो समायोजनपत्र आफै प्रिन्ट गर्नसक्ने व्यवस्था मिलाइएको छ । उनका अनुसार आज करिब २ हजार जनाले अनलाइनबाट आफ्नो समाायोजनपत्र प्रिन्ट गर्न सक्नेछन् । पत्र बुझेपछि यो हप्ता नै सम्बन्धित ठाउँमा पठाउने अधिकारीले बताए । माघको २५ गतेसम्म समायोजनको पत्र दिइसक्ने र फागुन ५ गतेसम्म समायोजन सक्नेगरी सरकारले कार्ययोजना बनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार