काठमाडौं । संघिय संसदका दुईवटै सदनको बैठक आज बस्दैछ । व्यवस्थापिका संसदको ३ र राष्ट्रियसभाको बैठक १ बजे बोलाइएको छ । संसदको बैठकमा विभिन्न विधेयकहरु पेश हुनेछन् । संघिय संसदमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नउत्तर कार्यक्रम हुनेछ ।
प्रधानमन्त्री नभए मन्त्रीसँग हुनेछ । माग पूरा भइसकेकाले कांगे्रसले संसद चल्ने दिने तयारी गरेको छ। संसदको बैठक अघि दलको बैठक बोलाइएको छ । राष्ट्रियसभामा ५ मन्त्रीले करिब ८ वटा विधेयकमाथि छलफल हुनेछ ।
बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धि विधेयक, जेष्ठ नागरिक सम्बन्धि संसोधन विधेयक, निवित्तिभरणकोष विधेयक, भूक्तानी विधेयक, विज्ञापन नियमन गर्ने विधेयक लगायतका विधेयक पेश हुनेछन । राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिकोमा पठाइनेछ ।