मंगलबार, भाद्र २ गते २०८३
images

संवैधानिक आयोगका प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गर्न सुनुवाइ समिति बैठक बस्दै

  • 3.1K
    SHARES
  • माघ २०, २०७५ आइतबार

    काठमाडौं । विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गर्न संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतीपक्षीलाई नसोधी निर्णय गरिएको आरोप लगाएपछि उजुरी आह्वान गर्ने निर्णय हुन सकेको थिएन ।

    तर, कांग्रेसको विरोधबीच समितिले प्रस्तावित अध्यक्षहरुविरुद्ध उजुरी आह्वानको तयारी गरेको सत्तापक्षका नेताहरुले बताएका छन् ।

    गत माघ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न ५ वटा आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको थियो ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा।विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस भएको छ ।

    सुनुवाइको प्रक्रियापछि मात्र आयोगका अध्यक्ष तथा सदस्यहरूको नियुक्त हुने व्यवस्था छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार