मंगलबार, भाद्र २ गते २०८३
images

नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय : गगन थापा

  • 3.0K
    SHARES
  • माघ २०, २०७५ आइतबार

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका छन् । नेविसंघका पूर्व नेतासमेत रहेका थापाले यस्ता कामलाई दुरुत्साहन गर्न डटेर लाग्ने पनि बताएका छन् ।

    सरकारविरुद्ध आन्दोलनरत कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारी गाडीहरुमा आगजनी र तोडफोड गर्दै आएको छ ।  जनताबाट लिएको करबाट जोडिएका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको भन्दै सामाजिक सन्जालमा पनि नेविसंघको आलोचना भइरहेको छ ।

    आइतबार नेता थापाले ट्वीट गरेका छन, ‘‘त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु ।’

    नेविसंघको नाममा केही “विद्यार्थीले” सरकारी गाडी जलाएकोमा तपाईंको धारणा के हो, भनेर थुप्रै साथीहरूको प्रश्र रहेछ।
    किन्तु,परन्तु केही नलगाई मेरो उत्तर त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ। यस्तो कामलाई दुरुत्सहान गर्न म डटेर लाग्नेछु।

    नेविसंघका कार्यकर्ताहरुले सार्वजनिक विदाको दिन सरकारी गाडी चलाएको भन्दै शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख चढ्दै आएको बा १ झ ५८७९ नम्बरकोे सरकारी गाडीमा आगजनी गरेका थिए ।

    नेविसंघका कार्यकर्ताले काठमाडौंमा सचिवद्वय शिशिरकुमार ढुंगाना र दिनेशकुमार घिमिरे तथा सहसचिव प्रविणराज अर्यालको गाडी नियन्त्रणमा लिएका थिए । यसैगरी सप्तरीबाट प्रदेश २ को मुख्यमन्त्री कार्यालयका सचिवको गाडी पनि उनीहरुले नियन्त्रणमा लिएका थिए ।

    सरकारी कर्मचारीहरुले सार्वजनिक विदाको दिन सम्बन्धित कार्यालयबाट पास लिएर मात्र सरकारी गाडी चलाउनुपर्ने व्यवस्था छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार