सोमबार, भाद्र १ गते २०८३
images

काठमाडौंको स्वयम्भुमा खुल्यो नेपालकै पहिलो तामाङ भान्सा घर ‘तामाङ कुदाप’

  • 5.5K
    SHARES
  • माघ २०, २०७५ आइतबार

    नेपालकै पहिलो तामाङ परिकारको भान्सा घर तामाङ कुदाप ( तामाङ चुलो ) काठमाडौंको स्वयम्भुमा खुलेको छ । स्वयम्भुको बिजेश्वरीमा रहेको यो भान्सा घरमा तामाङ खानाको वास्तविक स्वाद लिन पाइन्छ । यहाँ नेपालमा आउने विदेशी हुन् या स्वदेशी सबैलाई नेपाली परिकारको साथै तामाङ परिकारको खाना समेत उपलब्ध छ ।

    नेपालीपनको साथै तामाङ मौलिकपनको आफ्नो छुट्टै विशेषता दिन खुलेको यो रेस्टुरेन्टमा प्रत्येक शुक्रबार तामाङ सेलो डम्फु बजाउदै गाउने गरिन्छ । अहिले यो तामाङ कुदाप आफ्नो शाखा देशभर संचालन गर्ने तयारीमा समेत लागेको छ ।यहाँ स्वादिला र स्वस्थकर खाना पाइने भएकाले अहिले यो होटलमा ग्राहकको रुचि बढ्न थालेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकहरु समेत यहाँ तामाङ खानाको स्वाद चाख्न आउने गरेका छन् ।

    यहाँ आउनेले प्रत्येक सुक्रवार सांस्कृतिक कार्यक्रमको आनन्द लिन समेत पाउनेछन् । यो होटल आफ्नो सस्कृति र परम्परा जोगाउने उदेश्यले संचालन गरिएको तामाङ कुदापका संचालक डीबी तामाङले बताए । यसको संचालन डीबी तामाङ,मंगल तामाङ र फुल कुमार वम्जनले संयुत्त रुपमा गरेका छन् । डीबी तामाङ पुर्व बिद्यार्थी नेता हुन् भने फुल कुमार वम्जन गायक एबं भूपू आर्मी हुन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार