मंगलबार, भाद्र २ गते २०८३
images

वाइडबडी घोटला प्रकरणमा देउवाको संलग्नता भए कारवाही गरेर देखाऊ : नेता केसी

  • 3.7K
    SHARES
  • माघ २१, २०७५ सोमबार

    २१ माघ , नुवाकोट । माघ २१ गते सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर बिरोध प्रदर्शन गरेको छ । उसले सरकारको गतिविधिप्रति असन्तुष्टि जनाउदै बिरोध गरेको हो । यसै क्रममा आज नुवाकोटमा भएको बिरोध सभामा सम्बोधन गर्दै कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको वाइडबडीमा नाम मुछेको भन्दै सरकारको तागत छ र साच्चै वाइडबडी विमान खरिदमा शेरबहादुर देउवाको सग्लनता छ भने कारवाही गरेर देखाउन चुनौती दिए ।

    उनले भने सरकारले आफ्ना मान्छेलाई जोगाउन सभापति देउवाको नाम मुछेको दाबी गरे । छानविनका क्रममा कांग्रेसका नेता संलग्न देखिए भ्रष्टचारीलाई कसैले नबोक्ने स्पष्ट पार्दै सुन भनेर समातेको वस्तु तामा हुनु,३३ किलो सुन पनि तामाकै मूल्यमा सिंहदरवार र बालुवाटारमा पुगेकाले दोषीलाई कारबाही नभएको होकी भन्दै शंका व्यक्त गरे ।

    त्यस्तै जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले सरकारले सिंहदरवार र बालुवाटारबाट शक्तिको आडमा आफ्नो दम्ध देखाएको र वाइडबडी ,सुनकाण्ड, निर्मला पन्त काण्डमा आफु बच्न निर्दोष प्रहरीहरु फसाएको हुनसक्ने आरोप लगाए । नेता केसीले नेकपा नेतृत्वको सरकार महँगी र भ्रष्टचारले रंगिएको आरोप लगाए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार