काठमाडौं। नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित एक दर्जन नेताहरू पक्राउ परेका छन् ।
पोखरामा झुटो मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरुलाई विना सर्त रिहाइको माग गर्दै निकालिएको र्यालीबाट अध्यक्ष महर, उपाध्यक्ष नवीन राईसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएका छन । उनका अनुसार पक्राउ गरिएकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।
आफूहरूमाथि मुद्दा चलाएको विरोधमा नेविसंघका नेताहरूले बानेश्वरमा प्रदर्शन गरेका थिए। उनीहरूलाई प्रदर्शनकै क्रममा प्रहरीले पक्राउ गरेको हो। नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्ने क्रममा प्रदर्शनसहित सरकारी गाडी जलाएको थियो। केही दिन यता नेविंघले सरकारी गाडी जलाएको विषयमा पक्ष–विपक्षमा बहसहरू भइरहेका छन्। नेपाली कांग्रेसका नेता गगन थापालेसमेत सरकारी गाडी जलाएको विषय गलत भएको बताएका थिए।