आइतबार, श्रावण ३१ गते २०८३
images

महात्मा गान्धीको पोष्टरलाई गोली हान्ने महिला पक्राउ

  • 3.1K
    SHARES
  • माघ २३, २०७५ बुधबार

     महात्मा गान्धीको पोष्टरलाई गोली हानेको मामलामा एक महिलालाई पक्राउ गरिएको छ । अखिल भारत हिन्दु महासभाकी राष्ट्रिय सचिव पूजा शकुन पाण्डेय र उनका श्रीमान् अशोक पाण्डेयलाई पक्राउ गरिएको हो ।

    पुलिसले उनलाई दिल्लीबाट नोएडा प्रवेश गर्नेबेला पक्राउ गरेको हो । उनलाई बुधबार अलिगढ ल्याइने पुलिसले जानकारी दिएको छ ।

    गत जनवरी ३० तारिखमा महात्मा गान्धीको पुण्यतिथीको अवसरमा महात्मा गान्धीको पोष्टरमा एक महिलाले एयर पिस्तोलले फायरिङ गरेको भिडियो सोसल मिडियामा निकै चर्चित भएको थियो । भिडियोको आधारमा पुलिसले १३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

    यसअघि तीन आरापीलाई पक्राउ गरिसकिएको छ । अन्य आरोपीको खोजी भइरहेको अलिगढका वरिष्ठ पुलिस अधिक्षक आकाश कुलहरीले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार