मंगलबार, भाद्र २ गते २०८३
images

भारतीय श्रमिकलाई नेपालमा अनिवार्य श्रम स्वीकृति लिनुपर्ने भनि आएको सूचना गलत

  • 2.8K
    SHARES
  • माघ २३, २०७५ बुधबार

    काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले भारतीय श्रमिकलाई पनि नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्ने भनि आएको सूचना गलत भएको स्पष्टीकरण दिएको छ ।

    हिजो जारी गरिएको सूचनालाई खण्डन गर्दै मन्त्रालयका सहसचिव राम प्रसाद घिमिरेले अफवाह फैलाउने गरी आएको सूचना गलत भएको जनाएको हो । सहसचिव घिमिरेले सामाजिक सञ्जालमा मन्त्रालयको तर्फबाट सूचना गलत भएको जनाउँदै सार्वजनिक भएको सूचनाबारे मन्त्रालयले छाननिवन गर्ने समेत बताएका छन ।

    गत माघ १० गते श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा काम गर्न भारतीय श्रमिकले अनिवार्य श्रम स्वीकृति लिनु पर्ने भन्दै सबै श्रम कार्यालयलाई पत्राचार गरेको सूचना बाहिरिएको थियो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले प्रधानमन्त्री तथा मन्त्री परिषद्को गत पुुष २६ गतेको परिपत्र भन्दै माघ १० गते सबै श्रम कार्यालयलाई भारतीय श्रमिकको श्रम स्वीकृतिको सम्बन्धमा परिपत्र गरेको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार