काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा उपसभापति विमलेन्द्र निधिले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव राखेका छन् ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघ के गर्ने भन्ने प्रस्ताव राखेका थिए । नेता कृष्ण सिटौलाले अधिवेशनबाटै नेतृत्व चयन गर्नुपर्ने मत राखेका छन् तर, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल संघ विघटनको पक्षमा उभिएका छन् ।
बुधबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले नेविसंघको कार्यसमिति विघटनको प्रस्ताव राखेका छन । कानुनीसँगै राजनीतिक रुपमा पनि वर्तमान कार्यसमितिको औचित्य सकिएको भन्दै उनले वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउन प्रस्ताव गरेका छन ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पनि वर्तमान कार्यसमिति विघटनको पक्षमा उभिएका छन् ।