सोमबार, भाद्र १ गते २०८३
images

नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण

  • 2.1K
    SHARES
  • माघ १३, २०७६ सोमबार

    काठमाडौं । नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

    यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

    योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई पुगेको छ ।

    चीनबाट नेपाल आइपुगेकी ४८ वर्षकी महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको अस्पताल स्रोतको भनाइ छ ।

    हङकङ पठाइएको रगतको नमुना परीक्षणबाट उनमा भाइरस संक्रमण पुष्टि भएको हो ।

    ती महिलासँगै अस्पताल भर्ना भएका २८ वर्षका पुरूषमा भने भाइरस संक्रमण नभएको पुष्टि भएको अस्पतालको भनाइ छ ।

    टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचार गरिरहेका उनीहरु दुवैजना चीनको बाटो हुँदै नेपाल फर्किएका थिए । संक्रमित महिला चीनमा आयोजित एक कार्यक्रमबाट फर्केकी थिइन् भने पुरुष विदेशबाट नेपाल फर्किंदा चीन ट्रान्जिट हुँदै आएका थिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार