जेष्ठ १७, काठमाण्डौं - काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कानुन अनुसारको छुट सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वस्थ्य संस्थाको प्रशासन बन्द गराउने चेतावनी दिनुभएको छ।
यी ६८ स्वास्थ्य संस्थालाई कारबाहीमा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराउदै मन्त्रीले नगरे आफुलेनै बन्द गरिदिने सामाजिक संजालमा पोष्ट गर्नु भएको छ।
महानगरपालिका क्षेत्र भित्र भएका अस्पताल लगायत विभिन्न स्वास्थ संस्थाहरुले २०७७ को प्रचलित स्वास्थ सम्बन्धी प्रचलित कानुन अनुसारको बिपन्न तथा लक्षित बर्गलाइ दिनुपर्ने कुल शैयाको १० प्रतिशत नि:शुल्क उपचार गर्नु पर्नेमा र गराउने सम्बन्धमा महानगरले २०८०.२.६ गते स्वस्थ्य संस्थाहरुका लागि सार्वजनिक सुचना जारी गरेको थियो।
नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धि मौलिक हक राज्यले प्रत्याभुती गर्नुपर्ने र सो को अधिकार कार्यान्वयन गर्ने क्षेत्राधिकार राज्यको तिनै अंगको रहने ब्यवस्था छ।