शनिबार, श्रावण ३० गते २०८३
images

डाक्टरहरुले बन्द गरे देशभर ओपीडी सेवा, आकस्मिक मात्र संचालन गर्ने


  • 2.8K
    SHARES
  • भाद्र ३१, २०८० आइतबार

    भदौ ३१, काठमाण्डौं - नेपाल चिकित्सक संघले आज आइतबारदेखि देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरेका छन।

    गत बुधबार हेटौंडा स्थित सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथी मृतकका आफन्तहरुले कुटपिट गरेको विरोधमा संघले देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवाहरु पुर्णरुपमा ठप्प पारेका हुन।

    नेपाल चिकित्सक संघले हिजो शनिवार साँझ नै एक विज्ञप्ति जारी गर्दै आफुहरुले दिएको अल्टिमेटमको समय सकिएको र माग पूरा गर्न नसकेकोले आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको जनाएको थियो। 

    उक्त घटनामा संलग्न भएका दोषीहरुलाई छानबिनको दायरामा ल्याई कार्वाही गर्न र देशभरका स्वास्थ्य संस्थामा अनिवार्यरुपमा सुरक्षावलको व्यवस्था गर्न संघले माग गरेकी छ। ७२ घण्टा भित्रमा डाक्टरलाई कुटपिट गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याउन पनि माग गरेको थियो। सो अवधी भित्र पनि कार्वाही नगरिएको भन्दै संघले आज वाट आकस्मिक बाहेकका सम्पुर्ण सेवा बन्द गरेको जनाएको हो।

    गत साउन २२ मा ज्वरोका विरामी लिएर हेटौडाको सञ्चो अस्पतालमा उपचारकालागि ल्याईएका बिरामीलाई भोलिपल्ट डाक्टरहरुले चितवन हस्पिटलमा रेफर गरेका थिए। ती बिरामीको  साउन २५ गते मृत्यु भएको थियोे। त्यसपछी मृतकका परिवारले सञ्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको र मृत्यु भएको आरोप सहित क्षतिपूर्तिको मागगर्दै डाक्टरहरुलाई कुटपिट गरेका थिए। उक्त कुटपिटको भिडियो सामाजिक सँजालमा भाईरल भएको थियो।

    कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरुमा रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेको प्रहरीले जनाएको छ। उनिहरुमाथी मकवानपुर जिल्ला अदालतले अनुसन्धानकालागी भदौ २९ गते ३ दिनको म्याद दिएको थियोे।

    Press-Release-of-NMA_page-0001 (1).jpg

    Press-Release-of-NMA_page-0002.jpg

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार