विश्व स्वास्थ्य सङ्गठन (WHO) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले कोभिड शुरु भएको करीव पाँच बर्ष पछी १५ औ बैठकमा कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारमा आपतकालीन अवस्थामा नरहेको बताएका छन। कोभिड-१९ बाट विश्वभर करीब ६,९२१,६१४ जनाको मृत्यु भएको थियो।
WHO को यो घोषणासँगै महामारी अन्त्यको दिशामा उन्मुख रहेको बुझिएको छ। WHO ले पहिलो पटक कोरोना भाइरस ब्यापकरुपमा फैलिएर विश्वभर मृत्युदर बढ्न थालेपछी उच्च स्तरको सतर्कता घोषणा गरेको करीव तीन वर्ष पछि उस्को यस्तो भनाइ आएको हो।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन्। WHO ले पहिलो पटक ३०, जनवरी २०२० मा कोभिड–१९ लाई उच्च कोभिड सङ्कटकाल घोषणा गरेको थियो भने कोभिड-१९ लाई मार्च २०२० मा महामारीको रूपमा घोषणा गरेको थियो।