मंगलबार, भाद्र २ गते २०८३
images

नेकपाको कार्यदल बैठक बस्दै

  • 2.7K
    SHARES
  • माघ २४, २०७५ बिहीबार

     काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदल बैठक बस्दै छ । पार्टी एकीकरणको संगठनात्मक प्रस्ताव टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठकमा संयोजक र पार्टी महासचिवले पेश गर्ने प्रस्ताव अनुसार छलफल हुने बताइएको छ ।

    कार्यदलले पुुस मसान्तभित्र काम सक्ने जिम्मेवारी पाएको थियो । तर कार्यदलले जिम्मेवारी पुर्याउन सकेको छैन । जसका कारण सचिवालयले दुई दिनभित्र मै अपूरै प्रतिवेदन माग गर्यो । सोही विषयमा छलफल गर्न बैठक बस्ने भएको हो ।

    बैठकमा कार्यदल संयोजक रामबहादुर थापा बादल र पार्टी महासचिव विष्णु पौडेलले ल्याउने प्रस्ताव अनुसार छलफल हुनेछ ।

    बैडक दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकमा बाँकी विषय टुंग्याएर जाने कि अहिलेसम्मका प्रगतिको रिपोर्ट तयार गरी सचिवालयलाई जिम्मा दिने भन्ने विषयमा छलफल हुनेछ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार