काठमाण्डौ । माओवादीले गरेको १० बर्षे जनयुद्धको प्रथम शहिद दिल बहादुर रम्तेलको स्मृति दिबसमा प्रचन्ड गोर्खा जाने भएका छन् । प्रचण्डले प्रथम सहिद रम्तेलका पिता सेते रम्तेल र माता सेती रम्तेलसंग समेत भेट गर्नेछन । प्रचन्डले प्रथम शहीद दिलबहादुर रम्तेल स्मृति पार्क उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । रम्तेललाई मेरो शिक्षक माओवादी हैन भन्दा १० बर्षको उमेरमा प्रहरीले गोली हानी हत्या गरेको थियो ।
उनको जन्म बि.स.२०४२ साल कार्तिक १४ गते भएको थियो भने मृत्यु बि.स.२०५२ फागुन १४ गते भएको थियो।दिलबाहादुर रम्तेल स्मृति दिबसको अबसरमा नेकपा अध्यक्ष प्रचण्ड , प्रवक्ता नारायणकाजी श्रेष्ठ लगाएतका नेताहरु उनको जन्मभुमि तथा गोली लागेको स्थान वारपाक सुलिकोट गाँउपालिका वडा न ८ पन्द्रुङ जराङग र वडा न ६ ताकुकोट सूर्यज्योती उच्च मावि पाल्खु जानेछन ।
उत्त अबसरमा प्रथम शहीद दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय भलिवल प्रतियोगिताको समुदघाटन हुनेछ भने प्रथम शहीद दिलबहादुर रम्तेल स्मृति पार्क समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो अबसरमा प्रचण्ड र नारायणकाजी श्रेष्ठले बारपाक सुलिकोट गाउँपालीका कार्यालय भबन सिल्यान्यास गर्ने र सूर्यज्योती उच्च मावि भबन हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ