मंगलबार, भाद्र २ गते २०८३
images

भूकम्प प्रभावित व्यक्तिलाई घर बनाउन वन क्षेत्र प्रयोग गर्न दिने

  • 2.6K
    SHARES
  • माघ २४, २०७५ बिहीबार

    काठमाडौं । सरकारले भूकम्पबाट प्रभावित व्यक्तिलाई घर बनाउन वन क्षेत्र प्रयोग गर्न दिन भएको छ ।

    केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट प्रभावित व्यक्तिको पुनर्बास तथा स्थानान्तरणका लागि वनक्षेत्रको जग्गा उपलब्ध गराउनेसम्बन्धी पहिलो संशोधन कार्यविधि स्वीकृत गरेपछि भूकम्प प्रभावित व्यक्तिलाई वन क्षेत्रमा घर बनाउन बाटो खुलेको हो ।

    सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाका अनुसार आफ्नो जग्गामा घर बनाउन उपयुक्त नभएका भूकम्प प्रभावितलाई वन क्षेत्रमा बस्न दिने गरी कार्यविधि ल्याइएको हो । भूकम्पमा पर्नुभयो । आफ्नो थातथलोमा अब घर बनाउन मिल्दैन, अन्यत्र बनाउन पनि ठाउँ छैन भने वनक्षेत्रमा बनाउन पाइने भन्ने हो’ उनले भने ।

    भूकम्प प्रभावितलाई छानोभित्र ल्याउने सरकारको नीतिअनुसार यो कार्यविधि ल्याएको मन्त्री बास्कोटाले बताएका छन । यसरी वन क्षेत्रमा बसोबास गर्न दिँदा वन क्षेत्र नघट्ने गरी हैसियत बिग्रेको वन क्षेत्रमा मात्र बस्न दिइने उनले बताएका छन ।

    मन्त्री बास्कोटाले विशिष्ट श्रेणी वा राजपत्रांकित प्रथम श्रेणीसम्मका सबै कर्मचारीको समायोजन सकिएको पनि जानकारी दिएका छन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार