टेकुस्थित सर्जिकल समान आयतकर्ता रायमाझी इन्टर प्राइजेजले आफ्नाे २५ औं बर्षगाठ मनाएको छ। भक्तपुरको सिमानामा रहेकाे नगरकोट हिलसाइड रिसाेर्टमा यहि माघ महिनाको २४/२५ र २६ गते तीन दिन आफ्नाे २५ औं बर्षगाठ मनाएकाे हाे।
बर्षगाठकाे अवसरमा रायमाझी इन्टर प्राइजेजका प्रमुख निर्देशक अर्जुन रायमाझी र प्रबन्ध निर्देशक भावना रायमाझीले उक्त इन्टर प्राइजेजमा दश बर्ष देखि २५ बर्षसम्म निरन्तर कार्य गरिरहेका जयराम फुयाल ,किरण अर्याल, भुवन पुरि,शिव गिरि र मधु अधिकारी लगायतलाई सम्मान गरेको थियाे।कार्यक्रममा कार्यक्रमका सभापति तथा रायमाझी इन्टर प्राइजेजका प्रमुख अर्जुन रायमाझीले आफुले काम गर्ने क्रममा धेरै उतार चढाव भाेग्नु परेपनि सम्पुर्ण कर्मचारीकाे मिहिनेत र इमानदारीले गर्दा आफ्नाे फर्म आज याे अबस्थामा पुगेकाे बताए ।
उनले सम्पुर्ण कर्मचारीलाई विशेष धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगकाे अपेक्षा गरेको र आफु पनि कर्मचारीलाई समय सापेक्ष गर्नु पर्ने ब्यवहार गर्न तयार रहेको बताए । कार्यक्रममा उक्त इन्टर प्राइजेजका म्यानेजर जयराम फुयाल र सिनियर एकाउन्टेन्ट किरण अर्यालले आफ्नाे पच्चीस बर्षकाे अनुभव र धैर्यताको बारेमा अनुभव सुनाएका थिए।
अर्जुन रायमाझीकाे सभापतित्व र शिव गिरिकाे सन्चालानबाट सुरु भएको कार्यक्रम केहि महिना अगाडि मृत्यु भएका बि.एस.एन कम्पनीका पुर्व म्यानेजर कौशिक घाेषप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । कार्यक्रममा रायमाझी इन्टर प्राइजेजमा कार्यरत सम्पूर्ण परिवारका करिव ६० जनाकाे उपस्थित थियो ।
