मंगलबार, भाद्र २ गते २०८३
images

सांसदहरु द्धारा मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

  • 2.5K
    SHARES
  • माघ २५, २०७५ शुक्रबार

     काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन। 
    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित समुदायलाई एक पटक जमीन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताएकी छन । 

    सांसद महेश बस्नेतले काठमाडौँको वाग्मती लगातयका नदीनालाको सरसफाइ गर्दै प्लास्टिकका कारण झन फोहर बढ्दै गएको सन्दर्भमा त्यसको सही व्यवस्थापन गर्न माग गरेका छन । 

    सांसद महेश्वरजङ्ग गहतराजले बाँके जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न दोषीलाई कारवाही गर्न माग गर्नुभयो । 

    सांसद मीना सुब्बाले रोजगारीको सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा पुगेका महिलालाई बन्धक बनाएर राखेको भन्दै त्यसबारे चासो देखाउन सरकारसँग अपिल गरेका छन । 

    सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्लाको विभिन्न स्थानमा चट्याङका कारण मृत्यु भएका परिवार र घाइतेलाई उचित क्षतिपूर्तिको माग गरेका छन । 

    सांसद यशोदा सुवेदीले लमजुङको वेँसीशहरबाट मनाङको सदरमुकाम चामेसम्मको सडक खण्ड अन्तर्गत स्यान्तुङ खोलामा ठूला ठूला ढुङ्गा खसेर बाटो अवरुद्ध भएको बारे सरकारको ध्यानाकर्षण गराएका छन । 

    सांसद रङ्गमती शाहीले हुम्ला जिल्लामा समयमा खाद्यान्न नपुग्दा जनता सास्ती खेप्न बाध्य हुनुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद राजेन्द्रकुमार केसी र रामबहादुर विष्टले मुलुकको शान्ति, सुरक्षा र बढ्दै गएको भ्रष्टाचार न्यूनीकरणका विषयमा आवश्यक काम गर्न माग गरेका छन । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार