मंगलबार, भाद्र २ गते २०८३
images

‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने दुर्भाग्यपूर्ण, अर्को माओवादी जन्मिन्छ : प्रचण्ड

  • 2.9K
    SHARES
  • माघ २५, २०७५ शुक्रबार

     काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् ।

    सरकारले ल्याएका ऐन कानून संविधानको मर्मअनुसार त छन् ? भन्ने गम्भीर प्रश्न उठेको प्रचण्डले शुक्रबार एक सार्वजनिक कार्यक्रममा बताएका छन ।

    प्रचण्डले कसैको नाम त लिएनन् तर, माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्न चेतावनी समेत दिएका छन ।

    ‘स्थानीय तह सञ्चालन ऐन  न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको शुक्रबार विमोचन गर्दै प्रचण्डले भने, ‘कार्यान्वयनको प्रक्रिया हेर्दा स्थानीत र प्रादेशिक तहलाई संविधानले जुन मर्मका साथ व्यवस्था गरेको छ, त्यसअनुसार कार्यान्वयन हुन थालेको छ ? विस्तारै कमजोर त पारिँदै छैन ?’

    शान्ति सुरक्षा, बजेटलगायतमा विषय सरकार संविधानको भावनाअनुसार नचलेको उनको आरोप छ । ‘सिंहदरबारबाट अधिकार प्रत्यायोजन गर्ने, कर्मचारी समायोजन गर्नेतिर ठीक ढंगले अगाडि बढेका छौं ? फेजआउट गर्नेतिर त गइरहेका छैनौं ?’ नेकपा अध्यक्ष प्रचण्डले भने, ‘सोच्नुपर्ने ठाउँमा जाँदैछौं ।’

    नेकपा अध्यक्ष प्रचण्डले भने, ‘माओवादीलाई सिध्याइहालियो ठान्यो भने दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ ।’

    नेकपा अध्यक्ष प्रचण्डले शान्ति सम्झौताको मर्म विपरीत पुराना मुद्दाहरुलाई पुलिस कहाँ पठाउने र पक्राउ गर्न थालिएको भन्दै असन्तुष्टि जनाए । ‘हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा गर्‍यौं र संविधान बनाउँदा जेजति अधिकार प्रत्यायोजन गर्ने कुरा गर्‍यौं, त्यो इमान्दारिताका साथ लागु गरेनौं भने नचाहँदै नचाहँदै द्वन्द्व हुन्छ ।’

    पुरानै संरचना र कार्यशैलीतिर फर्किने प्रयासले मधेस र पहाडमा विकरात स्थिति सिर्जना हुन सक्ने प्रचण्डको चेतावनी छ । संविधानको मर्मअनुसार ऐन बनाउनुका साथै त्यसको इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार