मंगलबार, भाद्र २ गते २०८३
images

कोरोना महामारीः विश्वभर १ लाख ८४ हजारबढीको मृत्यु, ८० हजार नयाँ संक्रमित थपिए

  • 4.6K
    SHARES
  • बैशाख ११, २०७७ बिहीबार

    काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारीबाट १ लाख ८४ हजार ६६ संक्रमितको ज्यान गएको छ ।

    पछिल्लो २४ घण्टामा मात्रै विश्वमा ६ हजार ६ सय ७ जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    बधबार नै विश्वभर ७९ हजार ९ सय ५९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगै कोरोना संक्रमितको संख्या २६ लाख ३५ हजार ७१९ पुगेको छ ।

    कोरोना भाइरसको महामारी हाल विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको छ ।

    अमेरिकामा विश्वकै सबैभन्दा धेरै संक्रमित भएका छन् भने सबैभन्दा धेरै मानिसको ज्यान पनि गएको छ । अमेरिकामा ४७ हजार ६५९ संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ३४१ संक्रमितले ज्यान गुमाएका छन् ।

    कोरोना अपडेट तालिका

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार