बिहीबार , कार्तिक २० गते २०८३
images

बलिउड अभिनेता इरफान खानको निधन

  • 2.6K
    SHARES
  • बैशाख १७, २०७७ बुधबार

    बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।

    उनको निधनको कारणबारे केही खुलाइएको छैन । मंगलबार अस्पताल भर्ना गरिएपछि पनि खानको स्वास्थ्य के कारणले बिग्रियो वा समस्या के भएको हो भन्ने खुलाइएको थिएन ।

    इरफान खानका प्रवक्ताले वक्तव्य जारी गरेर भनेका थिए, ‘यो सत्य हो कि इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ । उहाँलाई कोलन इन्फेक्सन भएको छ । हामी जानकारी दिँदै जाने छौँ ।’

    केही दिनअघि इरफानकी आमा सईदा बेगमको निधन भएको थियो । लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारका लागि जयपुर जान पाएका थिएनन् । उनी भिडियो कल मार्फत आमाको अन्तिम यात्रामा सामेल भएका थिए ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार