सोमबार, भाद्र १ गते २०८३
images

आइएमएस ग्रुपद्वारा सात हजार मास्क हस्तान्तरण

  • 3.1K
    SHARES
  • बैशाख २५, २०७७ बिहीबार

    आइएमएस ग्रुपले  नेपाल पत्रकार महासंग, सिनामंगललाई  सात हजार मास्क हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९ ) को कारण सारा विश्व संकटमा रहेको  र सामाजिक दूरीलाई बढावा दिन सरकारको निर्देशन भएकाले यसबाट बच्न मास्क वितरण गरिएको हो  ।

    अझै पनि पत्रकारहरु घरबाट बाहिर निस्कि आफ्नो कार्य र कर्तव्य गर्दै देशको सेवा गर्दैछन् । विश्वव्यापी महामारीको सुरु भएदेखि नै मास्कको अभाव भएको थियो, आईएमएस ग्रुुपका अध्यक्ष श्री दीपक मल्होत्राले कर्पोरेट सामाजिक उत्तरदायित्वको अंश पूरा गर्न पर्याप्त मात्रामा मास्क प्रदान गर्नुभएको छ ।

    आइएमएस ग्रुपका एक स्थानीय समूह हो जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २७ बर्षमा विशाल उन्नती गरेको छ, जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।

    कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टरब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकि, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार