सोमबार, भाद्र १ गते २०८३
images

आइएमएस ग्रुपले गर्यो आफ्ना सम्पूर्ण कर्मचारीहरुको COVID-19 स्वास्थ्य बीमा ?

  • 3.1K
    SHARES
  • जेठ ४, २०७७ आइतबार

    आइएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीहरूलाई विश्वव्यापी COVID-19 बिरूद्ध २०७७ साल जेठ १ गते, बिमा सुविधा प्रदान गरेको छ । कम्पनीले प्रति कर्मचारीलाई एक लाख रुपैयाँको स्वास्थ्य बीमा प्रदान गरेको छ । यस विश्वव्यापी कोरोना माहामारीको क्रममा, आइएसएस ग्रुपद्वारा आफ्नो सम्पूर्ण कार्मचारीहरुलाई स्वास्थ्य बीमा गराइएको छ । यदि कुनै कर्मचारीलाई कोरोना भाईरस लागेको देखिएमा यस बीमाले कार्मचारीलाई आर्थिक सहयोग पु¥याउने छ ।

    “आइएमएस ग्रुपमा हामीले हाम्रो कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिन्छौं र विशेष गरी यो कठिन समयमा हाम्रा सबै कर्मचारीहरूको हेरचाह गर्नु हाम्रो सबैभन्दा ठूलो उत्तरदायित्व हो । त्यसकारण हामीले यस्तो महत्वपूर्ण समयमा उनीहरूको आर्थिक भार घटाउन र उचित उपचारका लागि सहयोग पु¥याउन कोरोनाभाइरस बिरुद्द स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने निर्णय गरेका छौं ।” प्रेसिडेण्ट् एण्ड सिइओ,  दिकेश मल्होत्राले भने । 

    आइएमएस ग्रुपका एक स्थानीय समूह हो। जसको अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २७ बर्षमा विशाल उन्नती गरेको छ, जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।

    कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ र हालसालै नेपालका लागि डक्टरब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलरशिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकि, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार