मंगलबार, भाद्र २ गते २०८३
images

लकडाउन जेठ ३२ गतेसम्म थपियो, सेना परिचालन गरिने

  • 1.9K
    SHARES
  • जेठ १७, २०७७ शनिबार

    शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन लम्ब्याउने निर्णय गरेको छ  । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो  । तर  यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्ने बताइएको छ  ।

    विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने तयारी भएको बताइएको  छ  । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक समेत बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले यो  निर्णय गरेको हो । हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द गर्ने निर्णय पनि भएको  छ ।

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार