मंगलबार, भाद्र २ गते २०८३
images

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारमाथि दबाब बढाउने

  • 1.0K
    SHARES
  • जेठ २९, २०७७ बिहीबार

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि दबाब बढाउने भएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईमा सरकार असफल भएको निश्कर्ष निकालेको कांग्रेसले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो । क्वारेन्टिन स्थलहरु व्यवस्थित गर्नुपर्ने, पीसीआर टेष्ट बढाउनुपर्ने लगायतका उसका माग छन् ।

    अब संसदीय दलमार्फत केन्द्रमा प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुको ध्यानाकर्षण गराउने भएको छ । असार २ गते नै सबै जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली दूताबासमार्फत पनि ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।

    कोरोना भाइरसविरुद्धको संघर्षमा सरकारले समयमै गम्भीरता नराख्दा महामारीको जोखिम अप्रत्यासित रुपमा बढ्दै जाने सम्भावना बढेको कांग्रेसले बताएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार