मंगलबार, भाद्र २ गते २०८३
images

नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दै

  • 1.5K
    SHARES
  • आषाढ १२, २०७७ शुक्रबार

    काठमाडौँ । बुधबार सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने छ ।

    बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेपछि शुक्रबारसम्मका लागि बैठक स्थगित भएको थियो । बुधबार दुई अध्यक्षले मात्र सम्बोधन गरेको बैठकमा आजदेखि सदस्यहरुले पेश गरिएको एजेण्डामाथि धारणा राख्ने छन् ।

    बुधबारको बैठकले सातवटा एजेण्डा तय गरेको थियो । जसमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्ध सरकारले गरेका काम कारबाही, नेपालको सीमा समस्या र समाधानका लागि भएको प्रयास, सरकारको कामको समग्र समीक्षा, पार्टी एकताको बाँकी, एमसिसी, रूकुम घटना, नागरिकता विधेयक र सांसदको बैठक भत्ताबारे छलफल हुनेछ।

    नेताहरुका अनुसार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सदस्यहरुले सरकारको काम कारबाही र ओलीको पार्टी सञ्चालनबारे चर्को आलोचना गर्ने रणनीति तय गरेका छन्।

    दाहाल र नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छाड्न दबाब दिने स्रोतले बताएको छ । बुधबारको बैठकमा अध्यक्षद्वय ओली र दाहालले एक अर्काप्रति अविश्वास र असन्तुष्टि व्यक्त गरेका थिए ।

    दुवैले अध्यक्षले पार्टी व्यवस्थित हुन नसकेको स्वीकार गर्दै एकले अर्कालाई असहयोग गरेको आरोप लगाएका थिए ।

    ओलीले सरकारले राम्रो काम गर्दागर्दै पनि पार्टी भित्रैबाट असहयोग र आलोचना भएको बताएका थिए भने दाहालले सहमतिका साथ पार्टी र सरकार सञ्चालन गर्ने सहमति तोडिएको बताएका थिए ।

    यसअघि नेकपाको स्थायी समिति बैठक गत पुस पहिलो हप्ता सबेको थियो। एमसिसीबारे निर्णय गर्न वैशाख २५ गते बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित गरिएको थियो।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार