मंगलबार, भाद्र २ गते २०८३
images

केहीबेर बैठकमा सहभागी भएर बाहिरिए ओली

  • 1.3K
    SHARES
  • आषाढ १३, २०७७ शनिबार

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक शनिबार पनि जारी छ । बिहान ११ बजेपछि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरु भएको हो ।

    शुक्रबारको बैठकमा अनुपस्थित प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा पनि केहीबेर सहभागी भएर बाहिरिएका छन् ।

    स्वास्थ्यमा समस्या भएका कारण ओलीले पूरा समय बैठकमा बस्न नसकेको अर्का अध्यक्ष पुष्पकमल दाहालले समिति सदस्यहरुलाई जानकारी गराएका थिए ।

    शुक्रबारको बैठकमा ओली सहभागी नभएपछि नेताहरुले उनको आलोचना गरेका थिए।

    आजको बैठकमा पनि सीमा विवादबारे समिति सदस्यहरुले धारणा राख्ने कार्यतालिका छ । त्यसपछि कोरोना महामारी रोकथामबारे भइरहेका प्रयासबारे छलफल हुने एक नेताले जानकारी दिएका छन।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार