मंगलबार, भाद्र २ गते २०८३
images

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

  • 1.5K
    SHARES
  • आषाढ १४, २०७७ आइतबार

    काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्दै छ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिएका छन ।

    बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ।

    कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो ।

    कांग्रेसले १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो । कांग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा भएको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार