एस.एल. आर. टेक्नो एण्ड ट्रेड प्रा.लि.ले प्रेस विज्ञप्ती मार्फत आफ्नो ग्राहकहरुलाई विभिन्न अफर र सहुलियत सहितको समस्याअनेक सुरक्षित समाधान मात्र एक –मोटरहेड स्कीम लागू गरेको छ ।
मोटरहेड ब्रान्डका डर्ट , स्क्राम्ब्लर र स्पोर्ट बाइकहरु उपलब्ध गराउदै आइरहेको उक्त कम्पनीले कोभिड– १९ ले भित्राएको अहिलेको असहज परिस्थितिमा यस अफरले केही हदसम्म आफ्ना ग्राहकलाई सहज खरीदको प्रत्याभूति दिलाउने विस्वास राखेको छ ।
कम्पनीले आफ्नो ५ मोडल , टेक्कन २५० एमएच २०० एक्स ,स्पोटर््स २५०, ( रोर्ड भर्सन) स्पोटर््स २५० – अफरोड भर्सन) र एकस टर्क २५० –स्ट्रिट भर्सन मा सुधै १५ हजार र अन्य दुई मोडल एमएच १५० आर (स्ट्रिट भर्सन ) र स्क््रयाम्बलर २५० –स्ट्रिट भर्सन )मा २० हजार सम्म छुटको गरेको छ ।
यी फ्ल्याट डिस्काउन्ट बाहेक ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आर्थिक वर्षको शतप्रतिशत कर छुट तेश्रो पक्ष बिमाको साथ खरिदकर्ताको फ्रि कोभिड बिमा पनि गराउने छ ।
परिस्थिति जस्तोसुकै भए पनि ग्राहकको मनस्थितिलाई सदैव सकारात्मक राख्ने कम्पनीको लक्ष्यलाई यस अफर मार्फत ग्राहकको चाहानालाई सहज वातावरणमा उपलब्ध गराउने कम्पनीको विश्वास रहेको छ ।
नेपालभर उपलब्ध १२ स्थानका कम्पनीका डिलर तथा शाखावाट यो अफर प्राप्त गर्न सकिने छ । सो अफर यहि असार १२ देखि लागू हुनेछ ।
