शनिबार, श्रावण ३० गते २०८३
images

सवारी अनुमति पत्र (लाइसेन्स) को नयाँ अनलाइन आवेदन बन्द


  • 2.1K
    SHARES
  • फाल्गुण ३०, २०७८ सोमबार

    यातायात व्यवस्था विभागले आज सुचना जारी गर्दै सवारी अनुमति पत्रको नयाँ अनलाइन आवेदन बन्द गरेको छ । सूचना अनुसार अनलाइन आवेदन अनिश्चित कालको लागि बन्द गरेको हो । विभागको सूचनामा पुराना आवेदकको लिखित तथा ट्रायल परिक्षा चाडै सकाउनका लागि भन्दै विभागले नयाँ अनलाइन आवेदन बन्द गरेको बताएको हो।

    tryal.jpg
    विभागका अनुसार हालसम्म अनलाईन आवेदकहरुको कारवाही सकेसम्म चाँडो टुङ्ग्याउनका लागि २०७८ चैत्र १ गतेदेखि अर्को सूचना जारी नभएसम्म सवारी चालक अनुमति पत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । हाल सबै बर्गका सवारी साधनका कारीब १० लाख आबेदक पालो कुरेर बसिरहेका छन। आबेदकले अनलाइन आबेदन गर्दा अङ्ग्रेजि बर्ष २०२५ सम्मको मितीसम्म कुर्नु पर्ने बाध्यता रहेको देखिएको छ। पैसा र पहुच हुनेको लागि भने पालो कुर्नु नपर्ने एक सेवाग्राहीले बताए।


    यातायात ब्यवस्था बिभागको अनलाइन आबेदन तथा कर्मचारी ब्यवस्थापन र ट्रायल सेन्टर थप्ने बारेमा ध्यान गएको देखिदैन। हाल बजारमा अटो (गियर) नभएको सवारी ब्यापकरुपमा रहेको तर ट्रायल सेन्टरमा भने मेनुअल(गियर) भएको सवारीबाट मात्र ट्रायल हुँदा सेवाग्राहीमा पर्न जाने समस्या तर्फ भने बिभागको ध्यान गएको देखिदैन।  

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार